Blog

रुपन्देही बाल गृहलाई प्रसाद फाउन्डेसन र रुपन्देही सेवा समाजबाट सहयोग प्रदान !!!

शशि पन्थी भैरहवा, २ फागुन । रुपन्देही सेवा समाज टेक्ससास अमेरिकाले शुक्रबार सिद्धार्थ बालगृह भैरहवालाई नगद ३० हजार सहयोग गरेको छ । सिद्धार्थ बालगृहका सञ्चालक कृष्णमाया गुरुङलाई सो रकम समाजका अध्यक्ष जगदिश न्यौपाने र शिक्षाविद् बालकृष्ण भट्टराईले संयुक्त रुपमा हस्तान्तरण गरे । सहयोग रकम हस्तान्तरण गर्दै प्रमुख अतिथि भट्टराईले समाजका अध्यक्ष न्यौपानेले गरेको पुण्य कामको प्रशंसा गरे । उनले बालबालिकालाई अध्ययनमा लाग्न सुझाव पनि दिए । रुपन्देहीबाट अमेरिका गएर बसेका नेपालीहरुले देउसीभैलो खेलेर बचेको पैसा नेपालमा आएर बालगृहमा रहेका बालबालिकालाई सहयोग गरेको अध्यक्ष न्यौपानेले बताए । यस अघि अमेरिकामा बस्दै आएका प्रसाद फाउण्डेशनका अध्यक्ष पुण्डरी अर्यालद्धारा पनि बालगृहलाई सहयोग गरेको प्रेरणाले यो गर्न उत्साह मिलेको उनले बताए । फाउण्डेशनका अध्यक्ष अर्यालद्धारा हरेक वर्ष प्रदान गर्दै आएको दुई जना बालबालिकालाई ६ हजारका दरले १२ हजार छात्रवृति पनि कार्यक्रममा हस्तान्तरण गरिएको थियो । सो अवसरमा तिलोत्तमा नगरपालिका–८ निवासी अंकित मेडिकल हल बुटवलका सञ्चालक कृष्ण न्यौपानेले पनि बालगृहलाई नगद ५ हजार सहयोग गरे । उनले बालगृह सञ्चालनमा केही सहयोग गर्न इच्छा लागेकाले सो सहयोग गरेको बताए । कार्यक्रममा बालगृह सञ्चालक कृष्णमाया गुरुङले विभिन्न आरोह अवरोहका बीच गरेर बालगृह यहाँसम्म पुगेको बताइन् । उनले सहयोग गर्नेलाई आभार व्यक्त गरिन् । कार्यक्रममा लुम्बिनी प्रेस क्लबका कार्यसमिति सदस्य शंकर पाण्डेले सञ्चारको क्षेत्रबाट बालगृहलाई सक्दो सहयोग गर्ने बताए । साहित्यकार रुद्र ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बालगृह ८ वर्षअघि देखि लुम्बिनीरोडमा सञ्चालनमा आएको हो । बालगृहमा हाल १९ जना बालबालिका रहेका छन् ।

प्रसाद फ़ाउण्डसन यु.एस.ए. द्वारा असहाय बालबालिकाहरुलाई छात्रावृति देखि साइकलसम्म सहयोग

१४ पौष २०७५ तदनुसार २९ डिसेम्बर २०१८ शिद्धार्थनगर, भैरहवा प्रसाद फ़ाउण्डसन यु एस ए को आयोजनामा १४ पुष २०७५ शनिवारका दिन रुपन्देहीको भैरहवामा सहयोग तथा सम्मान कार्यक्रम सम्पन्न भयो। सिद्धार्थ बाल गृहको सभा हलमा आयोजित सो कार्यक्रममा सिद्धार्थ बाल गृहका बाल बालिकाहरुका लागि सहयोग स्वरुप साइकल प्रदान गरिएको थियो। समाजसेवी कृष्ण कुमारी गुरुङको एकल प्रयासमा संचालनमा रहेको सिद्धार्थ बालगृहमा हाल १८ जना असहाय बालबालिकाहरुले आश्रय पाइरहेका छन्। ति बालबालिका को पढाइ र संरक्षणको सम्पूर्ण जिम्मेवारी सो बाल गृहले बहन गर्दै आएको छ। बाल गृहका संचालक कृष्ण कुमारी गुरुङका अनुसार सरकारी स्तरबाट असहाय शिशु हस्तान्तरण गर्नु बाहेक हालसम्म कुनै किसिमको आर्थिक या भौतिक सहयोग प्राप्त भएको छैन। संचालकको प्रयास र सहयोगी दाताहरुको सहयोगबाट सो बाल गृह संचालन हुँदै आएको छ। संचालक कृष्ण कुमारी गुरुङका अनुसार उनका बाबा आमा युकेमा बस्नु हुन्छ र उहाँलाई उतै बोलाइ रहनु भएको छ। तर संचालिकालाई आफ्नो सुख सुविधा भन्दा बालगृहमा आश्रित असहाय बालबालिका प्रतिको जिम्मेवारी महत्वपूर्ण लाग्छ। त्यसैले उहाँ बेलायतको सुख सुविधा त्यागेर असहाय बालबालिकाको उद्दारमा लाग्नु भएको छ। उहाँको यो उक्त सेवाको सम्मान गर्दै प्रसाद फ़ाउण्डेसनले “प्रसाद समाज सेवा सम्मान” बाट सम्मानित गरेको छ। ले बाल गृहका छात्रा सुमित्रा भण्डारी र संगीता मल्लाहालाइ १२ कक्षासम्म अध्ययन गर्नको लागि वार्षिक रु ६००० का दरले छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्दै यस वर्षको छात्रवृति वापतको चेक रकम हस्तान्तरण समेत गर्नु भयो। प्रसाद फ़ाउण्डेसन कि लक्ष्मी अर्याल, शहिद स्मृति पुस्तकालय सिद्धार्थनगरका तारा प्रसाद शर्मा, शान्तिदीप सामुदायिक स्वास्थ्य संस्थाका बसन्त मणि पोखरेल, मानव अधिकारकर्मी भिष्म पन्थी, लुम्बिनी बहुउद्देश्यीय सहकारी संस्थाका गीता शर्मा र सोहि संस्थाका भीष्मा पोखरेल लगायतको उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता फ़ाण्डेशनका अध्यक्ष पुण्डरी अर्याल र संचालन साहित्यकार रुद्र ज्ञवालीले गर्नु भएको थियो। यस कार्यक्रमको पुरै छायांकनको जिम्मा भने साझा टिभी का प्रतिनिधि विप्लप पोखरेलले गर्नुभएको थियो। विस्तृत जानकारीको लागि तलको भिडियो हेर्नुहोस्

PRASAD FOUNDATION IN MEDIA

Search THURSDAY , AUGUST 31 2017 मुख्य पृष्� ePaper-New Yorkहाम्रो बारेसम्पर्क Search Vishwanews.com : Popular Nepalese News Media in New York, USA Home / News / प्रवास / प्रसादको दोस्रो साधारणसभा प्रसादको दोस्रो साधारणसभा July 5, 2017 प्रवास Leave a comment inShare न्यूयोर्क । प्रसाद फाउण्डेसनले न्यूयोर्क, ज्याक्सन हाइटस्थित थकाली किचन हलमा दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा कन्सुलर कार्यालय, नेपालका प्रमुख पुष्पराज भट्टराई र न्यूयोर्क सिटि क्विन्सका मोहन ज्ञवालीको उपस्थिति थियो । संस्थापक अध्यक्ष पुण्डरी अर्यालले फाउण्डेसनको स्थापना गर्नुका कारण र आवश्यकताबारेमा प्रष्ट पारेका थिए । केही वर्षअगाडि कलेजो प्रत्यारोपण गरी पुनर्जीवन पाएका अर्यालले बाँकी जीवन सकारात्मकरुपमा सामाजिक कार्य अगाडि बढाउन फाउण्डेशनको स्थापना गरिएको बताए । अर्यालले जीवनमा सबैभन्दा संवेदनशील बालक र वृद्ध अवस्था भएको जनाउँदै ‘खुसी र स्वस्थ जीवन’का लागि सिनियर सेन्टरको आवश्यकता महसुस गरेर संस्थाको स्थापना गरिएको बताए । संस्थाको प्रगति विवरण सुनाउँदै उनले नेपालमा बाल आश्रम र वृद्ध आश्रममा रहेका बालक र वृद्धवृद्धाहरुका लागि अक्षय कोषको स्थापना गर्नेसमेत बताए । बोर्ड सदस्य डा. कमलराज पाण्डेले सिनियर सेन्टर हाम्रा लागि अति आवश्यक भएको बताउँदै रिटायर्डपछि अरु सक्रियरुपमा लाग्ने अठोट लिए । ePaper-Texas © Copyright Vishwanews.com : Popular Nepalese News Media in New York, USA 2017, All Rights Reserved

Prasad Foundation’s 2nd Annual General Meeting Held in New York.

समाचार प्रसाद फाउन्डेसनको दोश्रो साधारण सभा सम्पन्न । समाचार प्रसाद फाउन्डेसनको दोश्रो साधारण सभा सम्पन्न । By Pundary Aryal July 2, 2017 FacebookTwitterGoogle+Share प्रसाद फाउन्डेसनको दोश्रो साधारण सभा सम्पन्न । जुलाई ०१, २०१७ न्यु योर्क, ज्याक्सन हाइट थकाली किचनको हलमा प्रसाद फाउन्डेसनको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल कन्सुलर अफिसका प्रमुख श्री पुष्प राज भट्टराइ ज्यु र न्यु योर्क सिटि क्विन्सका नेपाली कम्युनिटी लिडर श्री मोहन ज्ञवालीज्यु उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा फाउन्डेसनकि सिता खरेलले कार्यक्रम संचालन गर्नु भएको थियो । संस्थाका संस्थापक अध्यक्ष पुण्डरि अर्यालले यो फाउन्डेसन (सस्था) स्थापना गर्नुको कारण र आबस्याकता बारेमा बोल्नु भएको थियो । पुण्डरी अर्यालको केहि बर्ष अगाडी कलेजो प्रत्यारोपण गरि आफ्नो पुनर्जिबन पाएको हुनाले अबका बाँकी जिबन सकारात्मक सामाजिक कार्यमा निरन्तर लागि रहने अठोट गरि यो प्रसाद फाउन्डेसनको स्थापना गरिएको कुरा स्मरण गर्दै, फाउन्डेसनको “ खुशी र स्वास्थ जिबन” भन्ने दृष्टांत राखेर अमेरिका बसेका नेपाली अमेरिकनका सिनियरको लागि सिनियर सेन्टरको स्थापना गर्ने एकल उदेश्य राखिएको नेपालि सयौ संस्था मध्ये एक हो भन्दै वहाले मानव जिबनमा सबै भन्दा संबेदनशिल अबस्था बालक र बृध्द अबस्था हुन । त्यसमा पनि टुहुरा बालबालिका र बेसहारा बृध्दहरुको जिबन कष्टकर नारकीय जिबन बाचेका छन । नेपालमा बाल आश्रम र बृध्द आश्रम रहेका बालक र बृध्दहरुका लागी अझ राम्रो स्तरियबृध्दि बनाउनका लागि नेपालमा एउटा अक्षय कोष स्थापना गर्ने समेत वहाले बताउनु भयो । संस्थाले अहिले सम्म भए गरेका कामको र आय व्यय विवरण सुनाउनु भयो । संस्थाले सबभन्दा महत्वपूर्ण उपलब्धि ( ५०१ सी ३ ) कर छुट हुने प्राबधान अमेरिकाको राजस्व बिभागबाट प्राप्त भएको छ । NYC न्यु योर्क सिटी अफिसमा समेत यो संस्थाले आफ्नो पहुच बनाएको र । सिनियर सेन्टरको लागि पहल भैरहेको बताउनु भयो । बोर्डका सदस्य डा. कमल राज पाण्डेले यो सिनियर सेन्टर हाम्रो लागि पनि अति आबस्याक भैसकेको छ, आफुले रिटायर्ड भए पछि अरु सक्रिय भै लाग्ने कुरा बताउनु भयो । बोर्ड सदस्य दिपक प्रधानजीले संस्था भित्रको सिनियर सेन्टर कमिटि अलि सुस्त भयो । हुन् त म पनि त्यति सक्रिय भएको छैन भन्दै सिनियर सेन्टर स्थापनाको लागि सबै सक्रिय हुन् पर्छ भन्नु भयो । बोर्ड सदस्य हरि अधिकारिले सेन्टर आबस्याक भैसकेको भन्नु हुदै आफु पनि सकेको सहयोग र सक्रिय हुने […]

प्रसाद फाउन्डेसन र साझा टिभीको सहयोग कार्यक्रम

साझा टि.भी “sajha.tv” र प्रसाद फाउन्डेसन अमेरिकाको सहकार्यमा सहयोग कार्यक्रममा शैक्षिक सामाग्रीको साथै जलपानको कार्यक्रम सम्पन्न भएको छ । बैशाख २ गते तिलोत्तमा नगरपालिकाको कोटिहवा स्थित नेपाल इटरनिटी अर्फन होममा १७ जना बालबालिकाको साथमा कार्यक्रमलाई भव्य रूपमा समापन गरियो । साझा टि.भी का टिम बिशाल अर्याल, बिप्लब पोखरेल, वर्षा शर्मा र क्यामेरापर्सनमा अन्कुश त्रिपाठीद्वारा सन्चालन गरिएको यस टि.भी ले साउदीमा बस्ने श्रेष्ठ परिवारको सहयोगमा यस कार्यक्रमलाई भव्य रुपले समापन गर्न सफल भएको छ । त्यस्तै प्रसाद फाउन्डेसनका अध्यक्ष्य पुण्डरी अर्यालले साझा टि.भी सँग सहकार्य गरी अघी बढ्ने कुरा सबैमा व्यक्त पनि गर्न चाहन्छौ । कार्यक्रमको सन्चालन बसन्त पोखरेलले गर्नु भएको थियो भने विशिष्ठ अतिथीमा साहित्यकार रुद्र ज्ञवालीले “हरेक व्यक्ती ठुलो हैन राम्रो हुनुपर्छ” जस्ता कुराहरु बालबालिकालाई सुनाएर उनीहरुलाई प्रोत्सान गर्नु भएको थियो । साझा टि.भी को टिम मेम्बर वर्षा शर्माले पनि स्वागत मन्तब्य दिदै कार्यक्रममा आफ्नो दुई शब्द राख्नु भएको थियो भने सहभागीको तर्फबाट बालग्रिह कि छात्रा कृपा तामाङले पनि मन्तव्य दिनुभएको थियो । यस अर्फन होममा १७ जना बालबालिका रहेको संस्थाका प्रमुख कृष्ण ज्ञवालीले जानकारी गराउनुको साथै संस्थाको दिगोपनका लागि आफुले विभिन्न सरोकारवालाहरुसँग समानवय र सहकार्य गरिरहेको अवगत गराउनु भयो । नयाँ वर्षको अवसर पारेर यो सहयोग कार्यक्रम साझा टि.भी ले गरेको थियो | यस कार्यक्रममा १७ जना बालबालिकाहरुलाई स्कुल ब्याग र कपी हस्तान्तरण गरी खाना पनि खुवाएको थियो । यो सहयोगले उनीहरुको मुहारमा मुस्कान छर्न भने हामी पक्कै सफल भएका छौ । साझा टि.भी मा सुजन सिग्देल, बादल मल्ल, नेहा थपालिया बस्नेत र अन्य साथीहरुले कार्यक्रम गरेर हामीलाई सहयोग गर्नु भएकोमा धन्यवाद दिन चाहन्छौ र आउने दिनहरुमा यहाँहरुको र अरु थप साथीहरुको साथ र सहयोग रहने छ भन्ने अपेक्षा गरेका छौ । तपाईंहरु पनि हामीलाई सहयोग गरी यस्तै पुन्य काम गर्न चाहनुहुन्छ भने हामी लाई संपर्क गर्नुहोस् । प्रसाद फाउन्डेसन

Nepalese Literature page

यात्रा आमाको भ्रुणबाट यात्रा प्रारम्भ हुने भएको छ संघर्षको बिन्दु शुरु भएको छ बिबिध ब्यवधान सहित | आमाका जटिल स्वास्थ्य संगै आमाका जटिल अबस्था संगै आमाका जटिल समस्या संगै आमाको प्राण दाउमा लगाएर फुत्किएर धर्तीमा आउनासाथ भब्य स्वागत गरिएको थियो रे | बाल्यकालका सबै दुखहरु पिर मर्काहरु, रोगहरु समस्या भोग्न बाबा आमालाई सुम्पिएर बाल्यकालको यात्रा सम्पन्न गरियो पढने गुणने यात्रासंगै बिदाइ भैयो | नोकरी एक ठाउबाट अर्को ठाउमा सरुवापछी अन्जान ठाउमा स्वागत फेरी बिदाइ फेरी अर्को ठाउमा सरुवा बनाएका साथीभाई मित्र हरुको बिछोड अनि फेरी अर्को अध्याय शुरु यात्राको स्थानान्तर भएर नै जिन्दगि गएको छ | अर्थात यात्रामा हिडेको यात्री जस्तै भएर कयौ मित्रहरु यात्राका स्टेसनसंगै भएर यात्रा टुटने र फेरी अर्कोसँग जुटने गर्छन जिन्दगिको यो यात्रा छुटने र जुटने गर्छन कतै वेलकम र कतै फेरवेल जुटने गर्छन जिन्दगीका सम्पूर्ण यात्राहरु टुंगो लगाएर जे जति लिए सबै सबै नासोहरु बुझाएर यात्रा समापन गर्ने छु सबै साचो बुझाएर ल है बिदा लिन्छु अन्तिम फेरवेल मनाएर पुण्डरी अर्याल ०८/०५/२०१६

Culture Heritage Events

नंया बर्ष (New Year): (Nepali New Year): आमाको मुख हेर्ने दिन : ( Mother’s Day) बाबुको मुख हेर्ने दिन : (Fathers Day) तीज कार्यक्रम: Nepali Women’s culture Program दशैँ  (दुर्गा पुजा) : दीपावली (लक्ष्मी पुजा): क्रिसमस डे : X-Mas Day आर्ट, म्युजिक :