आफ्ना कुरा ! जिबनको पांच दशकसम्म आध्यात्मवाद र भौतिकवादको व्दंद बिचमा रुमलिए | म जहिले पनि भौतिकवादको पक्ष्यमा उभिई रहे | जिबनको ५० वर्ष पुग्दा नपुग्दै म लिभर सिसोसिस भएर मेरो जिबन लिला सिध्दीइ सकेको थियो | हप्तौ सम्म कोमामा प्राण अटकेको र अपत्यारिलो वा भनौ चमत्कार स्वरूप म यस धर्तिमा पुनर्जीवित हुन् पुगेको कुरा मेरा नजिकका मित्रहरुबाट लुकेको छैन | लामो समयसम्म उक्त रोगबाट पाउन सम्म दुख पाएपछि कलेजो प्रत्यारोपण भएर म आज को अबस्थामा आउन पाएको छु, यस धर्तीमा | धेरै कुण्ठा छन्, धेरै जिज्ञाशा छन, धेरै पश्चाताप छन, धोका पाएकोमा, ठगिएकोमा, म आफुलाई धन्य ठान्छु, कतिपय मित्रबाट सहयोगको हात मिलेकोमा जीवनका धेरै अनुभूति छन् | ससाना सहयोगले कसैको जिबनमा ठुलो परिबर्तन गर्न सक्ने अबस्था थियो होला, गर्न नसकेकोमा दुखि छु | कसैलाई गरेको सहयोग वा पुन्यले होला, बिपत पर्दा पनि सजिलो किसिमबाट जीवनका बाटाहरु खुल्दै गरे, आफुले सोच्दै नसोचेको मान्छेको छातीभित्र कलेजो लिएर बाचेको छु | कतिखेर त म भित्र पनि दुइटा मान्छे अनुभूति हुने गर्छ | छाती चसक्क गर्दा पनि कलेजो दिने जिबनदातालाइ सम्झने गर्छु | मान्छेको जिबनको के भरोशा हुन्छ र ! जो कोइ पनि आफ्ना गोप्यतम कुरा प्रियजनलाई सुनाउन नपाउदै यो संसार छोडेर जान पर्ने हुन्छ | जिबनको के भरोशा हुन्छ र त्यसमा पनि कलेजो फेरेको मान्छे, त्यसै पनि मन अत्यासिने स्वभाविकै हो लाग्छ मलाइ | मेरा आफ्ना कुरा लगभग सारांशमा भएपनि “कलेजो फेरेको मान्छे” पुस्तकमा लेखिसकेको छु | मैले मृत्युलाई धेरै नजिकबाट देखेको छु, भोगेको छु, बार्ता गरेको छु | अमेरिका जस्तो भौतिक सम्पन्नता, यति धेरै बैज्ञानिक प्रवृधि भएको देशमा कलेजो प्रत्यारोपण गरेर बाच्न सफल भएको र यथास्थित रुपमा आउन सकेको छु | बिज्ञान र भौतिकबादबाट पछाडी हटेको कुरा मेरा मित्रहरुले टिप्पणी गरेको कुरालाई मैले स्विकार गरेको छु | म विज्ञानको बिधार्थी थिए | बिज्ञानप्रति मेरो आकर्षण पनि थियो | यसको मतलव बिज्ञान प्रति बितृष्णा छ भनेको होइन | बिज्ञान त अध्यात्मबादको सन्तान हो भन्ने कुरा अब आएर बिस्वस्त हुन् पुगे | भौतिकबाद त अध्यात्मबादबाटै सिर्जित भएको हो | भौतिकबाद भनेकै बिज्ञान हो भने अध्यात्मबाद भनेको ज्ञान हो | जबसम्म ज्ञान हुदैन बिज्ञानको आविष्कार हुनै सक्दैन | यो ध्रुबसत्य हो, अध्यात्ममा पाखंडीपन भयो भने त्यो धर्मबाद हुन् जान्छ | धेरै मान्छेले […]