Search THURSDAY , AUGUST 31 2017 मुख्य पृष्� ePaper-New Yorkहाम्रो बारेसम्पर्क Search Vishwanews.com : Popular Nepalese News Media in New York, USA Home / News / प्रवास / प्रसादको दोस्रो साधारणसभा प्रसादको दोस्रो साधारणसभा July 5, 2017 प्रवास Leave a comment inShare न्यूयोर्क । प्रसाद फाउण्डेसनले न्यूयोर्क, ज्याक्सन हाइटस्थित थकाली किचन हलमा दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा कन्सुलर कार्यालय, नेपालका प्रमुख पुष्पराज भट्टराई र न्यूयोर्क सिटि क्विन्सका मोहन ज्ञवालीको उपस्थिति थियो । संस्थापक अध्यक्ष पुण्डरी अर्यालले फाउण्डेसनको स्थापना गर्नुका कारण र आवश्यकताबारेमा प्रष्ट पारेका थिए । केही वर्षअगाडि कलेजो प्रत्यारोपण गरी पुनर्जीवन पाएका अर्यालले बाँकी जीवन सकारात्मकरुपमा सामाजिक कार्य अगाडि बढाउन फाउण्डेशनको स्थापना गरिएको बताए । अर्यालले जीवनमा सबैभन्दा संवेदनशील बालक र वृद्ध अवस्था भएको जनाउँदै ‘खुसी र स्वस्थ जीवन’का लागि सिनियर सेन्टरको आवश्यकता महसुस गरेर संस्थाको स्थापना गरिएको बताए । संस्थाको प्रगति विवरण सुनाउँदै उनले नेपालमा बाल आश्रम र वृद्ध आश्रममा रहेका बालक र वृद्धवृद्धाहरुका लागि अक्षय कोषको स्थापना गर्नेसमेत बताए । बोर्ड सदस्य डा. कमलराज पाण्डेले सिनियर सेन्टर हाम्रा लागि अति आवश्यक भएको बताउँदै रिटायर्डपछि अरु सक्रियरुपमा लाग्ने अठोट लिए । ePaper-Texas © Copyright Vishwanews.com : Popular Nepalese News Media in New York, USA 2017, All Rights Reserved