Nepali Diasporic Literature

Nepalese Literature page

यात्रा आमाको भ्रुणबाट यात्रा प्रारम्भ हुने भएको छ संघर्षको बिन्दु शुरु भएको छ बिबिध ब्यवधान सहित | आमाका जटिल स्वास्थ्य संगै आमाका जटिल अबस्था संगै आमाका जटिल समस्या संगै आमाको प्राण दाउमा लगाएर फुत्किएर धर्तीमा आउनासाथ भब्य स्वागत गरिएको थियो रे | बाल्यकालका सबै दुखहरु पिर मर्काहरु, रोगहरु समस्या भोग्न बाबा आमालाई सुम्पिएर बाल्यकालको यात्रा सम्पन्न गरियो पढने गुणने यात्रासंगै बिदाइ भैयो | नोकरी एक ठाउबाट अर्को ठाउमा सरुवापछी अन्जान ठाउमा स्वागत फेरी बिदाइ फेरी अर्को ठाउमा सरुवा बनाएका साथीभाई मित्र हरुको बिछोड अनि फेरी अर्को अध्याय शुरु यात्राको स्थानान्तर भएर नै जिन्दगि गएको छ | अर्थात यात्रामा हिडेको यात्री जस्तै भएर कयौ मित्रहरु यात्राका स्टेसनसंगै भएर यात्रा टुटने र फेरी अर्कोसँग जुटने गर्छन जिन्दगिको यो यात्रा छुटने र जुटने गर्छन कतै वेलकम र कतै फेरवेल जुटने गर्छन जिन्दगीका सम्पूर्ण यात्राहरु टुंगो लगाएर जे जति लिए सबै सबै नासोहरु बुझाएर यात्रा समापन गर्ने छु सबै साचो बुझाएर ल है बिदा लिन्छु अन्तिम फेरवेल मनाएर पुण्डरी अर्याल ०८/०५/२०१६

News of Prasad Foundation in Vishwa Sandesh (Nepalese Paper)

Prasad Foundation न्युयोर्क । ‘सुखी र स्वस्थ जीवन’को परिकल्पना र नेपाली ज्येष्ठ नागरिकका लागि सामुदायिक केन्द्र स्थापना गर्ने उद्देश्य बोकेर स्थापना भएको प्रसाद फाउण्डेसन दोस्रो वर्षमा प्रवेश गरेको छ । न्यूयोर्क, ज्याक्सन हाइटस्थित चौतारी रेष्टुरेन्टमा एक भव्य समारोहबीच संस्थाले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । पण्डित हरि अधिकारीको स्वस्ती वाचनबाट शुरु गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष पुण्डरी अर्यालले संस्था गठनको उद्देश्य, परिकल्पना, लक्ष्यमाथि प्रकाश पारेका थिए । उनले प्रसाद फाउण्डेसन विशुद्ध गैरनाफामूलक सामाजिक संस्था भएको बताउँदै यसको लक्ष्य प्राप्तिका लागि सबैको सहयोग अपरिहार्य भएको बताए । सचिव बन्धु पोख्रेलले वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाले १ वर्षदेखि ज्याक्सन हाइटमा विविध कार्यक्रम सञ्चालन तथा आयोजना गरेको अवगत गराए । उनले योगा तथा ध्यान कक्षा निःशुल्क सञ्चालन, नेपाली महिलाहरुको महान चाड तीजमा विशेष कार्यक्रम आयोजना गरिएको, न्यूयोर्क सिटीले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएको र नेपाली ज्येष्ठ नागरिकका लागि सामुदायिक केन्द्र स्थापनासम्बन्धी परियोजनाका लागि डा. कमलराज पाण्डेको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको जानकारी दिए । प्रमुख अतिथि उपमहावाणिज्य दू त प्रवीण भट्टराईले न्यूयोर्कमा नेपालीहरुले स्थापना गरेका झण्डै १ सय संस्थाको बीचमा यो संस्था छुट्टै उद्देश्यले शुरु गरिएको र यसले गर्न गर्न खोजेका पवित्र कार्यमा सबैको सहयोग जरुरी रहेको बताए । कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका उपाध्यक्ष बन्दना कोइराला, नेपाली एकता समाजका सदस्य सचिव दिपु भुसाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष तथा बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष गीता खत्री, अधिकारकी नर्वदा क्षत्री, एन एण्ड जे इन्टरटेनमेन्टकी कमला प्रसाईं, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्वउपाध्यक्ष बनिता कतिला, समाजसेवी अजय झोछु, राजनीतिज्ञ शालिकराम शाह र साहित्यकार तथा रजहर क्याम्पस नवलपरासीका पूर्वप्रमुख प्रेमराज सापकोटा, पत्रकार विष्णु सिंह र समाजसेवी तथा व्यवसायी बुद्धिप्रसाद रेग्मीलगायतले संस्थाको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त थिए । कार्यक्रममा साहित्यकार सापकोटाले ज्येष्ठ नागरिकको महत्व दर्शाउने छन्दबद्ध कविता लयबद्धरुपमा वाचन गरेका थिए ।