समाचार प्रसाद फाउन्डेसनको दोश्रो साधारण सभा सम्पन्न ।
समाचार
प्रसाद फाउन्डेसनको दोश्रो साधारण सभा सम्पन्न ।
By Pundary Aryal
July 2, 2017
FacebookTwitterGoogle+Share
प्रसाद फाउन्डेसनको दोश्रो साधारण सभा सम्पन्न ।
जुलाई ०१, २०१७
न्यु योर्क, ज्याक्सन हाइट थकाली किचनको हलमा प्रसाद फाउन्डेसनको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल कन्सुलर अफिसका प्रमुख श्री पुष्प राज भट्टराइ ज्यु र न्यु योर्क सिटि क्विन्सका नेपाली कम्युनिटी लिडर श्री मोहन ज्ञवालीज्यु उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा फाउन्डेसनकि सिता खरेलले कार्यक्रम संचालन गर्नु भएको थियो । संस्थाका संस्थापक अध्यक्ष पुण्डरि अर्यालले यो फाउन्डेसन (सस्था) स्थापना गर्नुको कारण र आबस्याकता बारेमा बोल्नु भएको थियो । पुण्डरी अर्यालको केहि बर्ष अगाडी कलेजो प्रत्यारोपण गरि आफ्नो पुनर्जिबन पाएको हुनाले अबका बाँकी जिबन सकारात्मक सामाजिक कार्यमा निरन्तर लागि रहने अठोट गरि यो प्रसाद फाउन्डेसनको स्थापना गरिएको कुरा स्मरण गर्दै, फाउन्डेसनको “ खुशी र स्वास्थ जिबन” भन्ने दृष्टांत राखेर अमेरिका बसेका नेपाली अमेरिकनका सिनियरको लागि सिनियर सेन्टरको स्थापना गर्ने एकल उदेश्य राखिएको नेपालि सयौ संस्था मध्ये एक हो भन्दै वहाले मानव जिबनमा सबै भन्दा संबेदनशिल अबस्था बालक र बृध्द अबस्था हुन । त्यसमा पनि टुहुरा बालबालिका र बेसहारा बृध्दहरुको जिबन कष्टकर नारकीय जिबन बाचेका छन । नेपालमा बाल आश्रम र बृध्द आश्रम रहेका बालक र बृध्दहरुका लागी अझ राम्रो स्तरियबृध्दि बनाउनका लागि नेपालमा एउटा अक्षय कोष स्थापना गर्ने समेत वहाले बताउनु भयो । संस्थाले अहिले सम्म भए गरेका कामको र आय व्यय विवरण सुनाउनु भयो । संस्थाले सबभन्दा महत्वपूर्ण उपलब्धि ( ५०१ सी ३ ) कर छुट हुने प्राबधान अमेरिकाको राजस्व बिभागबाट प्राप्त भएको छ । NYC न्यु योर्क सिटी अफिसमा समेत यो संस्थाले आफ्नो पहुच बनाएको र । सिनियर सेन्टरको लागि पहल भैरहेको बताउनु भयो ।
बोर्डका सदस्य डा. कमल राज पाण्डेले यो सिनियर सेन्टर हाम्रो लागि पनि अति आबस्याक भैसकेको छ, आफुले रिटायर्ड भए पछि अरु सक्रिय भै लाग्ने कुरा बताउनु भयो । बोर्ड सदस्य दिपक प्रधानजीले संस्था भित्रको सिनियर सेन्टर कमिटि अलि सुस्त भयो । हुन् त म पनि त्यति सक्रिय भएको छैन भन्दै सिनियर सेन्टर स्थापनाको लागि सबै सक्रिय हुन् पर्छ भन्नु भयो । बोर्ड सदस्य हरि अधिकारिले सेन्टर आबस्याक भैसकेको भन्नु हुदै आफु पनि सकेको सहयोग र सक्रिय हुने भन्नु भयो । अर्का सदस्य रामेश्वर कोइरालाले न्यु योर्कमा रहेका सयौ संस्थाहरु छन् तर आबस्याक पर्दा एउटा सस्था पनि अगाडी आएका छैनन । NRN को समेत अफिस नभएकोले हाम्रो कम्युनिटीका मान्छेले गुनासो पोख्ने ठाउ छैन । धेरै संस्थाहरु नेपाल कै राजनीति बोकेर हिडेका छन् तर सामाजिक कार्यमा मौन देखिन्छन भनेर आफ्ना गुनासा पोख्दै, हामिले यो संस्थाको सिनियर सेन्टर बनाउन सकेमा हामि जस्ता रिटायर्टहरुलाई र आप्रवासी नेपालीलाई अति राम्रो हुने थियो भन्नु भयो । अर्यालजीले अघि सारेका कार्यक्रमहरु असाध्य सकारात्मक छन् र हामीले वहाले गरेको काममा सकेको सहयोग गर्ने छौ भनि प्रतिबध्द जाहेर गर्नु भयो । सदस्य पुरुषोत्तम पन्थिजीले फाउन्डेसनको लागि आफुले सकेको सहयोग गर्ने बताउनु भयो ।
सदस्य कमला प्रसाईले यो सकारात्मक हो मैले यो संस्थाको सहयोगर्ने छु भनेर भन्नु भयो । बोर्ड सदस्य कृष्ण राज पाण्डेले आफुले संस्थाको लागि खटने बताउदै, सदस्य पुनम पाण्डेजीले संस्थाको सहयोगको लागि एक सय डलरको घोषणा गर्नु भयो । nrn कि पुर्ब उपाध्यक्ष्य बनिता कतिलाले शुभकामना दिनु भयो । न्यु योर्क सिटि क्विन्स कम्युनिटीका सदस्य र नेपाली कम्युनिटी लिडर श्री मोहन ज्ञवालीले प्रक्रिया मिलाएर हामि सिटि अफिस जान सकियो भने सिनियर सेन्टर सिटि बाट प्राप्त गर्न सकिने कुरा बताउनु भयो । त्यहा भएको बजेट निकाल्न प्राबिधिक कुशलता चाहिने हुन्छ । राम्रो प्रपोजल बनाएर जान सकियो भने सफल हुन् सकिन्छ भन्दै आफु यो क्षेत्रको प्रतिनिधि नभए पनि मैले पूर्ण रुपमा यो प्राप्तिको लागि कोशिस गर्ने छु भन्दै राम्रो कामको थालनी भएको छ । हामी नेपालिहरुले खोल्न लागेको एभरेष्ट क्रेडिट युनियन ओपन गर्न गैरहेको जानकारी समेत दिनुभयो । अर्का NRN बरिष्ट उपाध्यक्षका प्रत्यासी बिश्व बहादुर शाहले आफु पनि यस फ़ाउन्डेसनमा सदस्य हुन इच्छा व्यक्त गर्दै यसको कार्यालय स्थापना सबै सदस्यले केहि पैसा प्रति महिना डोनेट गरेमा संस्थाको अफिस खोल्न सकिने बताउदै, आफुले प्रत्येक महिना एक सय डलर भाडाको लागि दिने प्रतिबध्दता गर्नु भयो । संगसंगै उपस्थित सदस्यहरु मध्ये केहि रकम संस्थाको फन्ड जमा गरियो । बोर्ड सदस्य जिबन श्रेष्ठले भन्नु भयो, अर्यालले आफुले पाएको नया जिबनलाइ राम्रो काममा लगाउनु भएको छ हामि सबैले सहयोग गर्नु पर्दछ । यस संस्थामा सहयोग गरेको रकम पारदर्शी रुपमा रहने हुदा यो अन्त्यन्तै राम्रो कुरा हो । न्यु योर्क धेरै संस्थाहरुमा उठेको सहयोग रकम संचालकले हिनामिना गरेको घटना सुनिराखेको छ । हिनाबिना गर्ने र पारदर्शी रुपमा काम नगर्ने हुनाले बद्नाम छन् भन्नु भयो । त्यो कुरा यो संस्थामा हुने छैन र पारदर्शी राखिने छ र यसकाममा मैले पनि सहयोग गर्ने छु भन्नु भयो । न्यु योर्कका एनेर्जिक बरिष्ट पत्रकार, खसोखास साप्ताहिकका सम्पादक किशोर पन्थीले अर्यालले थालेको सकारात्मक कामका लागि नेपाली कम्युनिटीका सबैले सहयोग गर्नु पर्दछ । यस्कामका लागि वहाको परिवारले सहयोग पुर्याएकोले वहाको छोरा छोरी र पत्नीलाइ पनि हामीले धन्यबाद दिन पर्दछ । यो संस्थाको प्रगतिको कामना गर्दछु । आफ्नो र मिडियाबाट समेत सहयोग पुर्याउने बाचा पनि गर्नु भयो । नेपाल कन्सुलर अफिसका प्रमुख श्री पुष्प राज भट्टराइ ज्युले नेपालीहरुको अहिले सम्म १२३ वटा सामाजिक संस्था न्यु योर्कमा दर्ता भएको बताउनु भयो । नेपालि संस्था बिचमा को- अर्डिनेट नभएको र अन्त्यन्त क्षेत्रीय, जातीय र राजनीति उन्मुख छन । विदेश आइसकेपछि हाम्रो हैसियत यहा बनाउन लागि अमेरिकाकै राजनीति गर्न राम्रो हुने र आफ्नो कम्युनिटीलाई सहयोग पुग्ने कुरा बताउनु भयो । सामाजिक काम एकल उदेश्य राखेर गरिएको यस कार्यलाई आफ्नो कन्सुलर अफिसबाट हुने सहयोग र व्यक्तिगतबाट समेत सहयोग गर्ने छु भन्नु भयो । वहाले आफ्नो पकेटबाट टोकन सहयोगको रुपमा केहि डलर डोनेट समेत गर्नु भयो ।
अन्तमा संस्थाका अध्यक्ष पुण्डरी अर्यालले सम्पूर्ण अमेरिका बासि नेपालीहरुले फाउन्डेसनको सदस्य लिन संस्थालाई सहयोग गर्न समेत आव्हान गर्दै यो तपाइहरुले गरेको सहयोग गरेको रकम अन्त्यन्त पारदर्शी रुपमा वेव पेजमा राखी विवरण दीइने छ र सकारात्मक काममा खर्च गरिने छ भन्नु भयो । कार्यक्रमलाई बिट मार्दै उंहाले यो साधारण सभामा उपस्थित अतिथिहरु बोर्ड सदस्यहरु र धन राशि सहयोग गर्ने साथीलाई र कार्यक्रम संचालिका सिता खरेल समेतलाइ धन्यबाद दिदै यस आजको कार्यक्रम गर्नको लागि हल निशुल्क रुपमा उपलब्ध गराउने थकाली किचन तथा नबिन दाइ र जिबन श्रेष्ठजी समेतलाइ धेरै धन्यबाद ! छ भन्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
Posted by Pundary Aryal on Sunday, July 2, 2017
Posted by Pundary Aryal on Sunday, July 2, 2017
Posted by Pundary Aryal on Sunday, July 2, 2017
–बिशाल
Leave a Comment