साझा टि.भी “sajha.tv” र प्रसाद फाउन्डेसन अमेरिकाको सहकार्यमा सहयोग कार्यक्रममा शैक्षिक सामाग्रीको साथै जलपानको कार्यक्रम सम्पन्न भएको छ । बैशाख २ गते तिलोत्तमा नगरपालिकाको कोटिहवा स्थित नेपाल इटरनिटी अर्फन होममा १७ जना बालबालिकाको साथमा कार्यक्रमलाई भव्य रूपमा समापन गरियो । साझा टि.भी का टिम बिशाल अर्याल, बिप्लब पोखरेल, वर्षा शर्मा र क्यामेरापर्सनमा अन्कुश त्रिपाठीद्वारा सन्चालन गरिएको यस टि.भी ले साउदीमा बस्ने श्रेष्ठ परिवारको सहयोगमा यस कार्यक्रमलाई भव्य रुपले समापन गर्न सफल भएको छ । त्यस्तै प्रसाद फाउन्डेसनका अध्यक्ष्य पुण्डरी अर्यालले साझा टि.भी सँग सहकार्य गरी अघी बढ्ने कुरा सबैमा व्यक्त पनि गर्न चाहन्छौ ।
कार्यक्रमको सन्चालन बसन्त पोखरेलले गर्नु भएको थियो भने विशिष्ठ अतिथीमा साहित्यकार रुद्र ज्ञवालीले “हरेक व्यक्ती ठुलो हैन राम्रो हुनुपर्छ” जस्ता कुराहरु बालबालिकालाई सुनाएर उनीहरुलाई प्रोत्सान गर्नु भएको थियो । साझा टि.भी को टिम मेम्बर वर्षा शर्माले पनि स्वागत मन्तब्य दिदै कार्यक्रममा आफ्नो दुई शब्द राख्नु भएको थियो भने सहभागीको तर्फबाट बालग्रिह कि छात्रा कृपा तामाङले पनि मन्तव्य दिनुभएको थियो । यस अर्फन होममा १७ जना बालबालिका रहेको संस्थाका प्रमुख कृष्ण ज्ञवालीले जानकारी गराउनुको साथै संस्थाको दिगोपनका लागि आफुले विभिन्न सरोकारवालाहरुसँग समानवय र सहकार्य गरिरहेको अवगत गराउनु भयो ।
नयाँ वर्षको अवसर पारेर यो सहयोग कार्यक्रम साझा टि.भी ले गरेको थियो | यस कार्यक्रममा १७ जना बालबालिकाहरुलाई स्कुल ब्याग र कपी हस्तान्तरण गरी खाना पनि खुवाएको थियो । यो सहयोगले उनीहरुको मुहारमा मुस्कान छर्न भने हामी पक्कै सफल भएका छौ । साझा टि.भी मा सुजन सिग्देल, बादल मल्ल, नेहा थपालिया बस्नेत र अन्य साथीहरुले कार्यक्रम गरेर हामीलाई सहयोग गर्नु भएकोमा धन्यवाद दिन चाहन्छौ र आउने दिनहरुमा यहाँहरुको र अरु थप साथीहरुको साथ र सहयोग रहने छ भन्ने अपेक्षा गरेका छौ । तपाईंहरु पनि हामीलाई सहयोग गरी यस्तै पुन्य काम गर्न चाहनुहुन्छ भने हामी लाई संपर्क गर्नुहोस् ।
प्रसाद फाउन्डेसन
Leave a Comment