Blog

Nepalese Literature page

यात्रा

आमाको भ्रुणबाट
यात्रा प्रारम्भ हुने भएको छ
संघर्षको बिन्दु शुरु भएको छ
बिबिध ब्यवधान सहित |

आमाका जटिल स्वास्थ्य संगै
आमाका जटिल अबस्था संगै
आमाका जटिल समस्या संगै
आमाको प्राण दाउमा लगाएर
फुत्किएर धर्तीमा आउनासाथ

भब्य स्वागत गरिएको थियो रे |
बाल्यकालका सबै दुखहरु
पिर मर्काहरु, रोगहरु समस्या
भोग्न बाबा आमालाई सुम्पिएर

बाल्यकालको यात्रा सम्पन्न गरियो
पढने गुणने यात्रासंगै बिदाइ भैयो |
नोकरी एक ठाउबाट अर्को ठाउमा
सरुवापछी अन्जान ठाउमा स्वागत

फेरी बिदाइ फेरी अर्को ठाउमा सरुवा
बनाएका साथीभाई मित्र हरुको बिछोड
अनि फेरी अर्को अध्याय शुरु यात्राको
स्थानान्तर भएर नै जिन्दगि गएको छ |

अर्थात यात्रामा हिडेको यात्री जस्तै भएर
कयौ मित्रहरु यात्राका स्टेसनसंगै भएर
यात्रा टुटने र फेरी अर्कोसँग जुटने गर्छन
जिन्दगिको यो यात्रा छुटने र जुटने गर्छन

कतै वेलकम र कतै फेरवेल जुटने गर्छन
जिन्दगीका सम्पूर्ण यात्राहरु टुंगो लगाएर
जे जति लिए सबै सबै नासोहरु बुझाएर
यात्रा समापन गर्ने छु सबै साचो बुझाएर
ल है बिदा लिन्छु अन्तिम फेरवेल मनाएर

पुण्डरी अर्याल

०८/०५/२०१६

free vector

Leave a Comment

Name*

Email* (never published)

Website