Lifetime Members List

Lifetime Members List

lifetime member Founder President/Lifetime Member: Mr. Prasad P. Aryal Lifetime Member : Mrs. Laxmi Aryal Lifetime Member : Mr. Bipin Aryal Lifetime Member : Mr. Bishal Aryal Lifetime Member : Mr. Krishna Bahadur Pachhai Lifetime Member : Mr. Nam Lal Shrestha Lifetime Member : Mrs. Kamala Shrestha Lifetime Member : Mr.Gobind Bahadur Shrestha Lifetime Member : Mrs. Indira Achary

Nepalese Literature page

यात्रा आमाको भ्रुणबाट यात्रा प्रारम्भ हुने भएको छ संघर्षको बिन्दु शुरु भएको छ बिबिध ब्यवधान सहित | आमाका जटिल स्वास्थ्य संगै आमाका जटिल अबस्था संगै आमाका जटिल समस्या संगै आमाको प्राण दाउमा लगाएर फुत्किएर धर्तीमा आउनासाथ भब्य स्वागत गरिएको थियो रे | बाल्यकालका सबै दुखहरु पिर मर्काहरु, रोगहरु समस्या भोग्न बाबा आमालाई सुम्पिएर बाल्यकालको यात्रा सम्पन्न गरियो पढने गुणने यात्रासंगै बिदाइ भैयो | नोकरी एक ठाउबाट अर्को ठाउमा सरुवापछी अन्जान ठाउमा स्वागत फेरी बिदाइ फेरी अर्को ठाउमा सरुवा बनाएका साथीभाई मित्र हरुको बिछोड अनि फेरी अर्को अध्याय शुरु यात्राको स्थानान्तर भएर नै जिन्दगि गएको छ | अर्थात यात्रामा हिडेको यात्री जस्तै भएर कयौ मित्रहरु यात्राका स्टेसनसंगै भएर यात्रा टुटने र फेरी अर्कोसँग जुटने गर्छन जिन्दगिको यो यात्रा छुटने र जुटने गर्छन कतै वेलकम र कतै फेरवेल जुटने गर्छन जिन्दगीका सम्पूर्ण यात्राहरु टुंगो लगाएर जे जति लिए सबै सबै नासोहरु बुझाएर यात्रा समापन गर्ने छु सबै साचो बुझाएर ल है बिदा लिन्छु अन्तिम फेरवेल मनाएर पुण्डरी अर्याल ०८/०५/२०१६

Culture Heritage Events

नंया बर्ष (New Year): (Nepali New Year): आमाको मुख हेर्ने दिन : ( Mother’s Day) बाबुको मुख हेर्ने दिन : (Fathers Day) तीज कार्यक्रम: Nepali Women’s culture Program दशैँ  (दुर्गा पुजा) : दीपावली (लक्ष्मी पुजा): क्रिसमस डे : X-Mas Day आर्ट, म्युजिक :        

Yoga and Meditation

आफ्ना कुरा !   जिबनको पांच दशकसम्म आध्यात्मवाद र भौतिकवादको व्दंद बिचमा रुमलिए | म जहिले पनि भौतिकवादको पक्ष्यमा उभिई रहे | जिबनको ५० वर्ष पुग्दा नपुग्दै म लिभर सिसोसिस भएर मेरो जिबन लिला सिध्दीइ सकेको थियो | हप्तौ सम्म कोमामा प्राण अटकेको र अपत्यारिलो वा भनौ चमत्कार स्वरूप म यस धर्तिमा  पुनर्जीवित हुन् पुगेको कुरा मेरा नजिकका मित्रहरुबाट लुकेको छैन | लामो समयसम्म उक्त रोगबाट पाउन सम्म दुख पाएपछि कलेजो प्रत्यारोपण भएर म आज को अबस्थामा आउन पाएको छु, यस धर्तीमा | धेरै कुण्ठा छन्, धेरै जिज्ञाशा छन, धेरै पश्चाताप छन, धोका पाएकोमा, ठगिएकोमा, म आफुलाई धन्य ठान्छु,  कतिपय मित्रबाट सहयोगको  हात मिलेकोमा जीवनका धेरै अनुभूति छन् | ससाना सहयोगले कसैको जिबनमा ठुलो परिबर्तन गर्न सक्ने अबस्था थियो होला, गर्न नसकेकोमा दुखि छु | कसैलाई गरेको सहयोग वा पुन्यले होला, बिपत पर्दा पनि सजिलो किसिमबाट जीवनका बाटाहरु खुल्दै गरे, आफुले सोच्दै नसोचेको मान्छेको छातीभित्र कलेजो लिएर बाचेको छु | कतिखेर त म भित्र पनि दुइटा मान्छे अनुभूति हुने गर्छ | छाती चसक्क गर्दा पनि कलेजो दिने  जिबनदातालाइ सम्झने गर्छु | मान्छेको जिबनको के भरोशा हुन्छ र ! जो कोइ पनि आफ्ना गोप्यतम कुरा प्रियजनलाई सुनाउन नपाउदै यो संसार छोडेर जान पर्ने हुन्छ | जिबनको के भरोशा हुन्छ र त्यसमा पनि कलेजो फेरेको मान्छे, त्यसै पनि मन  अत्यासिने स्वभाविकै हो लाग्छ मलाइ | मेरा आफ्ना कुरा लगभग सारांशमा भएपनि “कलेजो फेरेको मान्छे” पुस्तकमा लेखिसकेको छु | मैले मृत्युलाई धेरै नजिकबाट देखेको छु, भोगेको छु, बार्ता गरेको छु  | अमेरिका जस्तो भौतिक सम्पन्नता, यति धेरै बैज्ञानिक प्रवृधि भएको देशमा कलेजो प्रत्यारोपण गरेर बाच्न सफल भएको र यथास्थित रुपमा आउन  सकेको छु | बिज्ञान र भौतिकबादबाट पछाडी हटेको कुरा मेरा मित्रहरुले टिप्पणी गरेको कुरालाई मैले स्विकार गरेको छु | म विज्ञानको बिधार्थी थिए | बिज्ञानप्रति मेरो आकर्षण पनि थियो | यसको मतलव बिज्ञान प्रति बितृष्णा छ  भनेको होइन | बिज्ञान त अध्यात्मबादको सन्तान हो भन्ने कुरा अब आएर बिस्वस्त हुन् पुगे | भौतिकबाद त अध्यात्मबादबाटै सिर्जित भएको  हो | भौतिकबाद भनेकै बिज्ञान हो भने अध्यात्मबाद भनेको ज्ञान हो |   जबसम्म ज्ञान हुदैन बिज्ञानको आविष्कार हुनै सक्दैन | यो ध्रुबसत्य हो, अध्यात्ममा पाखंडीपन भयो भने त्यो धर्मबाद हुन् जान्छ | धेरै मान्छेले […]